गणतन्त्र दिवसमा तनहुँ कारागारका दश जना रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवसमा तनहुँ कारागारका दश जना रिहा

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७९, सोमबार

    दमाैली । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारका दश कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिको निर्णय अनुसार यहाँका दश कैदीबन्दी रिहा भएका हुन् ।

    रिहा हुनेमा बहुविवाह मुद्दाका तीन, सवारी ज्यानका दुई, कर्तव्य ज्यानका दुई, आपराधिक उपद्रवका एक, आवेश प्रेरित हत्याका एक र काठ ओसारपोसारका एक जना रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

    त्यसमध्ये ४० प्रतिशत कैद पूरा गरी ६० प्रतिशत छुट पाउने चार जना र ५० प्रतिशत कैद पूरा गरी ५० प्रतिशत छुट पाउने छ जना रहेका छन् । अधिकारीका अनुसार धेरै पाउनेले सात वर्ष एक महिना २७ दिन र थोरै पाउनेले एक महिना १२ दिन छुट पाएका छन् ।