दमौली । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिएपनि तनहुँको ऋषिङ गाउँपालिकाका विद्यालयमा भने नियमित पढाई हुने भएको छ ।
गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बिहीबार सम्पन्न प्रधानाध्यापकको बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबार पनि विद्यालय सञ्चालन गर्ने गाउँपालिकामध्ये ऋषिङ पहिलो हो ।