


दमाैली । व्यास नगरपालिकाको कार्यपालिका सदस्यका लागि नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । काङ्ग्रेस र नेकपा एसले सहमतिमा शनिबार उम्मेदवारी दर्ता गराएका हुन् ।
काङ्ग्रेसका तर्फबाट सात जनाको र नेकपा एसको तर्फबाट एक जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
महिलाबाट नरीमाया राना, किस्ना दुरा गुरुङ, कमला घर्ती, ज्ञानुमाया सुनार र निला घिमिरेको उम्मेदवारी दर्ता भएको छ । दलिततर्फ चन्द्रमाया परियार र रनसिं नेपाली तथा अल्पसङ्ख्यकतर्फ चेतबहादुर दरैको उम्मेदवारी परेको छ । रनसिं नेपाली नेकपा एकीकृत समाजवादीका हुन् ।

व्यासको कार्यपालिकामा निर्वाचित महिला वडा सदस्यमध्येबाट पाँच जना र दलित÷अल्पसङ्ख्यकको तर्फबाट तीन जना निर्वाचित हुनेछन् । कार्यपालिकाका लागि आठ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित हुने भएका छन् ।
यद्यपि आइतबार उम्मेदवारी उपर उजुरी जाँचबुझको कार्यतालिका छ । आइतबार नै अन्तिम नामावली प्रकाशित गरी सोमबार घोषणा गरिनेछ । निर्वाचित भएकालाई २५ गते प्रमाणपत्र प्रदान गरिने गौतमले जानकारी दिए ।