दमौली । व्यास नगरपालिका-३ स्थित व्यास नगर आमा समूहको आयोजनामा महिलालाई नेतृत्व विकास तालिम दिइएको छ। महिलाको क्षमता विकास र नेतृत्व विकासका लागि तालिम दिइएको हो ।
तालिममा जिल्ला समन्वय समिति तनहुँकी निवर्तमान उपप्रमुख पवित्रादेवी पौडेलले महिला नेतृत्व गर्न सक्षम रहेको बताइन् । क्षमता विकास गरेर महिलाहरु नेतृत्वमा आउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वडाध्यक्ष अनुप राना, वडा सदस्य श्रीमाया विक लगायतले बोलेका थिए । महिला समूहकी अध्यक्ष मन्जु वाग्लेको अध्यक्षतामा सम्पन्न तालिममा विणा कैनी र पवन पौडेलले सहजीकरण गरेका थिए । जेठ ३० सम्म सञ्चालन हुने तालिममा ४५ जनाको सहभागिता रहेको सचिव शर्मिला पौडेलले ओझाले जानकारी दिइन् ।