दमाैली । बुल्दीखोलाले बगाएर घाइते भएकी तनहुँको व्यास नगरपालिका–११ निवासी युविना थापाको उपचारार्थ जेसीआई व्यास नगरले आर्थिक सहयोग गरेको छ । जेसीआई व्यास नगरले बालिकाको उपचारका लागि १४ हजार पाँच सय सहयोग गरेको हो ।
बसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा पौडेललाई जेसीआई व्यास नगरका अध्यक्ष कृष्ण सुनारले उक्त रकम बिहीबार हस्तान्तरण गरेका छन् ।
बालिकाको उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन भएपछि उनको उपचारार्थ सहयोग जुट्न थालेको छ । गत असार २ गते बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि बालिकको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैङ्क लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।