निर्मल स्कूल अल्मुनाई एशोसिएसनमा न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    निर्मल स्कूल अल्मुनाई एशोसिएसनमा न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७९, शनिबार

    दमाैली । व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको छाता संस्था निर्मल स्कूल अल्मुनाई एशोसिएसनको अध्यक्षमा डा. शेषरमण न्यौपाने चयन भएका छन् । एशोसिएसनको शनिबार सम्पन्न दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    एशोसिएसनको उपाध्यक्षमा हरिशचन्द्र वाग्ले, सचिवमा निर्दोष भट्टराई, सहसचिवमा सुमन खड्का, कोषाध्यक्षमा मुना तामाङ र सदस्यहरुमा महेन्द्र शर्मा, वीरबहादुर थापा मगर, अलिशा वंशी ठकुरी र विमला शाही चयन भएका छन् ।

    एशोसिएसनका अध्यक्ष चक्रबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एशोसिएसनमा देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीलाई जोड्नुपर्ने बताए ।

    कार्यक्रममा व्यास-१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले विद्यालयको गुणस्तर वृद्धिका लागि एशोसिएसनले भूमिका खेल्नुपर्ने बताए ।

    सो अवसरमा संस्थाका कोषाध्यक्ष अप्सरा कैनीले आर्थिक प्रतिवेदन र सचिव चिरञ्जीवि पन्थले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।