दमौली । घर बहाल सरोकार महासंघ तनहुँले तनहुँको व्यास नगरपालिका-११ निवासी युविना थापाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
बु्ल्दीखोलाले बगाउँदा पाठेघरमा काठको टुक्रा पसेर घाइते थापाको उपचारका लागि महासंघले सोमबार ५ हजार ५५ सहयोग गरेको हो । १२ औ स्थापना दिवसका अवसरमा महासंघका अध्यक्ष दधिराज घिमिरेले उक्त रकम बालिका अध्ययनरत बसन्त आधारभूत विद्यालयकी प्रधानध्यापक शर्मिला पौडेल ओझालाई हस्तान्तरण गरे ।
यसैबीच स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बालहरि अधिकारी, पूर्व अध्यक्ष राज कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु पराजुली लगायतले बोलेको महासचिव सरोज भण्डारीले जानकारी दिए ।