दुलेगाैडा । नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर समितिले विभिन्न विभाग गठन गरी संयोजक चयन गरेको छ । नगर समितिको सोमबार बसेको बैठकले १४ वटा विभाग गठन गरी संयोजक तोकेको हो ।
नगर उपसभापति कृष्णप्रसाद रेग्मीका अनुसार विद्यार्थी विभागमा सुजन लामिछाने, तरुण विभागमा भोजबहादुर आले, भूतपूर्व सैनिक तथा प्रहरी विभागमा बुद्ध भट्टराई, बुद्धिजीवि विभागमा विवेक खनाल, स्थानीय तह समन्वय विभागमा बेदराज अधिकारी, महिला विभागमा टीकामाया पौडेल, सङ्गठन विभागमा शिवराज रेग्मी, भाषा, साहित्य, कला तथा धार्मिक सङ्घसंस्था समन्वय विभागमा विवेक खनाल, कृषि, व्यवसाय तथा उद्योग समन्वय विभागमा रजनी थापा, वैदेशिक रोजगार समन्वय विभागमा सूर्यमणि लामिछाने, सूचना तथा सञ्चार विभागमा भिष्म श्रेष्ठ र नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा कृष्णप्रसाद रेग्मीलाई संयोजक चयन गरिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनमा काङ्ग्रेसले पराजय भोगेका वडाहरुमा छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ । स्थानीय सरकारका दैनिक कामकारवाहीको नियमित अनुगमन गर्न, सुशासन कायम गरी वडामा अनियमितता हुन नदिन वडाध्यक्षका उम्मेदवारको नेतृत्वमा छायाँ सरकार गठन गरिएको उपसभापति रेग्मीले बताए । वडाध्यक्षका उम्मेदवार नभएका वडामा वडा सभापति छायाँ सरकारको प्रमुख रहने तथा प्रत्यासी सदस्यका उम्मेदवार सदस्य रहने गरी गठन गरिएको छ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।