भिमाद । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सासंद केदार सिग्देलले विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
संघीय सरकारबाट विनियोजित बजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको बारेमा उनले निरीक्षण गरेका हुन् ।
यसैगरि जनज्योति क्याम्पस भिमादमा क्याम्पसमा भएको समस्या, प्रगति विवरण र शिक्षाको विषयमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र सरोकारवालासँग सिग्देलले छलफल गरेका थिए ।
साे अवसरमा भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष ईमान सिंह थापा लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि सासंद सिग्देलले भिमाद, सिस्नेरी, भागर मोटरमार्गमा रहेको छिउदी खोलामा मोटरमार्ग पुलमा भएको बजेट विनियोजनको काम, प्रगति विवरण र अबको कामको बारेमा सरकोकारवालासँग समन्वय गरि काम छिटो सक्नु निर्देशन दिएका थिए । बजेट निकासा हुने तर समयमा काम सम्पन्न नहुने राष्ट्रिय समस्या भएको हुँदा यसले आम जनताको जनजीविकामा असर पारेकाले समयमै काम सम्पन्न गर्नुपर्नेमा उनले जाेड दिए ।