प्रजातन्त्र सेनानी वादेको निधन, वरिष्ठ नेता पौडेलद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रजातन्त्र सेनानी वादेको निधन, वरिष्ठ नेता पौडेलद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७९, बुधबार

    काठमाडौ । प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए ।

    पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व हुनुहुन्थ्यो । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए।

    वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो । वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ ।

    यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बादेको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर, २००७ सालको क्रान्तिका योद्धा गोपालदास बादेको निधनको खबरले मलाई अन्यन्तै दुखी बनाएको छ ।
    उहाँको निधनले एउटा सिंगो इतिहाँसको अन्त्य भएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चन चन्द्र वादे सहित सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दछु ।’