जनता समाजवादी पार्टी तनहुँको अध्यक्षमा गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनता समाजवादी पार्टी तनहुँको अध्यक्षमा गुरुङ

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७९, शनिबार

    दमाैली । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति तनहुँको अध्यक्षमा अर्जुन गुरुङ चयन भएका छन् । उक्त पार्टीको शनिबार दमौलीमा सम्पन्न विस्तारित भेलाले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति पुर्नगठन गरेको हो ।

    जसको उपाध्यक्षमा धनमाया गौली, ऋषिराम पौडेल र जुम बहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा हेम बहादुर थापा, उपसचिवमा चन्द्रप्रकाश गुरुङ , सुभिलाल आले र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा दिपा राना मगर चयन भएका छन् ।

    सदस्यहरुमा सविता थापा, कृष्ण बहादुर परियार, मनमाया थापा, रुपा थापा, रणध्वज थापा, मोहन बहादुर सारु, देउ बहादुर थापा, श्रीप्रसाद आले, नर बहादुर याँदी, शुकलाल मगर, सम्झना कुमाल, राम बहादुर मिश्र, हर्कमान सुनार, यम कुमारी गुरुङ, बसन्ती कुमाल, प्रेम बहादुर गुरुङ, धनमाया गुरुङ, जुना दरै, पूर्णि दरै, कृष्ण बहादुर बसेल, हेम बहादुर नेपाली, सञ्जीत सुर्खाली चयन हुनुभएको केन्द्रीय सदस्य खड्गबहादुर आले मगरले जानकारी दिए ।

    विस्तारित बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं संविधान सभा सदस्य शिवलाल थापा मगर, पार्टी विज्ञ परिषद् सदस्य सोम नेपाली, सङ्घीय परिषद सदस्य चुडाराम परियार लगायतले वर्तमान राजनीतिक अवस्थाका बारेमा बाेलेका थिए ।