रोटर्याक्ट क्लव दमौलीको ‘थ्याङ्कयु डाक्टर’ कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट क्लव दमौलीको ‘थ्याङ्कयु डाक्टर’ कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७९, शनिबार

    दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले विभिन्न अस्पतालमा कार्यरत डाक्टर लगायत स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरेको छ ।

    क्लबले शनिबार “थ्याङ्कयु डाक्टर” विषयक कार्यक्रमको आयोजना गरी दमौलीमा सञ्चालित ६ वटा अस्पतालमा कार्यरत डाक्टरहरुलाई धन्यवाद व्यक्त गरेको हो । स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत जीवनको प्रवाह नगरी जस्तोसुकै विषम परिस्थितीमा पनि बिरामीको सेवामा खटिने गरेको भन्दै क्लबले उनीहरुको सम्मान र प्रोत्साहन गर्न कार्यक्रम गरेको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

    त्यसक्रममा दमौली अस्पताल, सामाधान, सिटी जनरल, नेशनल एपोलो, व्यास नगर र रत्नहरी अस्पतालमै पुगी स्वास्थ्यकर्मीहरुसँग केक काटेर खुशीयाली आदनप्रदान गरिएको थियो ।

    साथै आफ्नो व्यस्त कार्य र पेशाबाट केही समय मनोरञ्जन लिन हरेक अस्पतालका डाक्टरहरुलाई ३ वटाका दरले १८ वटा फिल्म हेर्ने टिकट समेत प्रदान गरिएको क्लवले जनाएको छ ।

    कोरोना महामारीको बेलामा सबै स्वास्थ्यकर्मीहरुले नागरिकको जीवन रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै क्लबका तर्फबाट उनीहरुको मनोबल बढाउन र खुशी बॉड्न उक्त कार्यक्रम गरिएको बताइएको छ ।