


भिमाद । नेपाली कांग्रेस भिमाद नगरपालिकाका सभापति अरविन श्रेष्ठले भिमाद नगरपालिका-७ स्थित सिद्धज्योती आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला वितरण गरेका छन् ।
श्रेष्ठले माता स्व. विष्णु कुमारी श्रेष्ठको स्मृतिमा विद्यालयमा अध्ययनरत ३४ जना दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक र झोला वितरण गरेका हुन् ।
आधारभूत आवश्यकताको अभावका कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेकाे उनले बताए । आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सधैं तत्पर रहने उनले प्रतिबद्धता जनाए ।
सो अवसरमा भिमाद नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा सदस्य जिम थापा , विद्यालयका प्रधानाध्यापक मोना सुवेदी लगायतले सहयाेगप्रति आभार व्यक्त गरे ।