भिमाद खानेपानीको अध्यक्षमा राना विजयी (मत सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमाद खानेपानीको अध्यक्षमा राना विजयी (मत सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    भिमाद । भिमाद खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा ऋषिरम राना विजयी भएका छन् । बिहीबार सम्पन्न भएको मतगणना अनुसार पाँच सय ८४ मत प्राप्त गरी राना दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

    प्रतिस्पर्धी मनोज खनालले तीन सय ४८ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी राना नेकपा एमाले तनहुँका सदस्य हुन् ।

    निर्वाचनमा नेकपा एमालेको एउटा समूहले काङ्ग्रेसँग सहकार्य गरेर मनोज खनाललाई समर्थन गरेको थियो ।

    उपाध्यक्षमा मणिराज आले ४३८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी ज्ञानबहादुर थापाले ४३४ मत प्राप्त गरे ।

    सचिवमा टुकामणि सिग्देल ४९४ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी मननारायण श्रेष्ठले ३९७ मत प्राप्त गरे । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ ४६० मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी केशवराज अर्यालले ३९४ मत प्राप्त गरे । सहसचिवमा भने संगीता राना निर्विरोध भएकी थिइन् ।

    महिला सदस्यमा केशमाया थापा ६६३, माया लम्साल ६७०, विष्णुमाया श्रेष्ठ ६०२, सीतादेवी क्षेत्री महत ४७३, खुल्ला सदस्यमा जितेन्द्र श्रेष्ठ ४५६, जुनबहादुर श्रेष्ठ ४२७, महेन्द्रराज सुवेदी ५४० र सूर्यबहादुर विक ४८० मत प्राप्त गरी विजयी भए ।