दमौली । तनहुँ-१ को प्रतिनिधि सभा सदस्यमा प्रविण पौडेलले उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि पौडेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पौडेलले रहरमा उम्मेदवारी दिन नलागेको प्रष्ट पार्दै समाज र तनहुँवासीका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘निजी स्वार्थ भेदभावका लागि होइन, यति कुरामा ढुक्क हुनुहोस् की तपाइले मलाइ चिनेको भए पनि वा नचिनेको भए पनि बराबर रुपमा सबैलाइ हेरेको छु र हेर्नेछु ।’
नेपाल वैदिक सनातन राष्ट्र बनाउन, प्रदेश खारेज गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न, नेपालको उत्पादनलाई बजार र नेपालमै खपत गर्ने नीति निर्माण गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए ।