दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाले चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । तीनवटै कार्यालयले मंगलबार संयुक्त कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष ०७९÷८० को वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाका प्रमुख पूर्णा ढुंगानाले वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई चालु आर्थिक वर्षका लागि नौ करोड ३८ लाख ४५ हजार बजेट विनियोजन भएको डा. श्रेष्ठले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रबद्र्धन कार्यक्रम अन्तर्गत माछापोखरी निर्माण, माछा भुरा खरिद ढुवानी तथा वितरण, पशुपंक्षी स्रोतकेन्द्र स्थापना, कृषि ऋणमा व्याज अनुदान वितरण गरिनेछ ।
पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रयोगशाला सञ्चालन, पशु स्वास्थ्य शिविर, पूर्ण खोप अभियान, पशु आहार प्रबद्र्धन कार्यक्रम, पशु नश्ल तथा प्रजनन् कार्यक्रम, सुशासन तथा पारदर्शीता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने डा. श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कृषि ज्ञान केन्द्रका लागि ५ करोड ६४ लाख ८० हजार बजेट विनियोजन भएको छ । कार्यालयबाट साना व्यावसायिक कृषि फर्म स्थापना, साना सिंचाइँ, विपन्न बस्तीमा मुख्यमन्त्री, आलुखेती प्रबद्र्धन, बाँझो जग्गामा व्यावसायिक खेतीका लागि अनुदान दिने कार्यक्रम रहेको सिलवालले जानकारी दिए ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।