दमाैली । नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा थुना रहेका अभिनेता पल शाह भन्ने पूर्णविक्रम शाहको मुद्धाको सुनुवाई स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा बुधबारका लागि पेशी तोकिएमा सुनुवाई नभई स्थगित भएको हो ।
नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले उक्त पेशीको सुनुवाई स्थगित भएको खबरपुञ्जलाई जानकारी दिए ।
सोही मुद्धामा शाह विरुद्ध तनहुँ अदालतमा भदौ १५ गते पेशी तोकिएको छ । अभिनेता शाह हाल तनहुँ कारागारको थुनामा छन् ।
नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।
फाइल तस्वीर