तनहुँमा जनताको साथमा कांग्रेस अभियान भोलिदेखि, दशवटै पालिकामा प्रतिनिधि तोकिए (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा जनताको साथमा कांग्रेस अभियान भोलिदेखि, दशवटै पालिकामा प्रतिनिधि तोकिए (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाली कांग्रेसले सञ्चालन गर्न लागेको जनताको साथमा कांग्रेस अभियान तनहुँमा भोलिदेखि सञ्चालन हुने भएको छ । जनताको साथमा कांग्रेस अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

    नेपाली कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले भदौ १० गते क्षेत्र नम्बर १ र भदौ ११ गते क्षेत्र नम्बर २ को बैठक सहित अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    बैठकले जिल्ला समितिको तर्फबाट दशवटै पालिकामा कार्य सम्पन्नका लागि प्रतिनिधि खटाएको छ । व्यासमा प्रा.डा. कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विक खटाइएका छन् ।

    यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिनेछ । बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुभेच्छुक संस्था गठन तथा पुनर्गठन गर्ने र सोको लागि जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।