केन्यासँगको खेलमा नेपालको विजयी सुरुआत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    केन्यासँगको खेलमा नेपालको विजयी सुरुआत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालले विजयी शुरूआत गरेको छ।

    बिहीबार भएको खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको छ। केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा जित हासिल गरेको हो।

    पहिले ब्याटिङ गरेको केन्याले सात विकेटको क्षतिमा १३० रन बनाएको थियो।

    केन्या भ्रमणका क्रममा नेपालले पाँच वटा टी-२० खेल्नेछ। यस श्रृङ्खलाको दोस्रो खेलमा शुक्रबार अपराह्न ३ः४५ बजे हुनेछ।