दमौली । दमौलीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा न्यु बुद्ध भानु र नवयुवा हाइस्कुलटार फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेलबाट न्यु बुद्ध युवा क्लव र नवयुवा क्लव फाइनलमा प्रवेश गरेको हो ।
शान्तिदिप युवा क्लव शिशाघाटलाई २-१ ले हराउँदै न्यु बुद्ध फाइनल पुगेको हो । गन्नी एफसी पोखरालाई २-० ले हराउँदै नवयुवाले फाइनल यात्रा तय गरेको हो । फाइनल खेल बुधबारै हुनेछ ।
प्रतियोगिताका विजेताले दुई लाख दुई हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ नगद पाउनेछ । शितलचोक युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ४२ टिमको सहभागिता थियो ।