व्यास नगरपालिकाको एक सय दिनमा १५ प्रगति (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको एक सय दिनमा १५ प्रगति (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिकाले जनप्रतिनिधि बहाली भएको एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले दोस्रो कार्यकाल शुभारम्भ गरेको एक सय दिनमा भएका प्रगति सार्वजनिक गरेका छन् ।

    एक सय दिनको अवधिमा १५ प्रगति भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एक सय दिनको अवधिमा धेरै ठूला काम गर्न नसकिएको नगरप्रमुख न्यौपानेले बताए ।

    नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणमा आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम र वजेट पारित गरि प्रकाशन गरिएको, सात वटा कार्यपालिका बैठक सम्पन्न गरिएको, नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको स्थापित सहायता कक्षबाट सेवाग्राहीहरुलाई आवश्यक निवेदन र कागजातको फोटोकपि निशुल्क उपलब्ध गराइएको, टोलफ्रि नम्बर सञ्चालन गरिएको, हरेक महिनाको २ गते नगरवासीसँग संवाद कार्यक्रम सुरु गरिएको उल्लेख गरिएको छ ।

    यस्तै लोड वियरिङ घर निर्माणका लागि नगरपालिकाले निशुल्क नक्सा बनाई सम्बन्धित घर निर्माणकर्तालाई सहयोग गर्ने कार्य सुरुवात गरिएको, पुराना पारित घरनक्सा फाइललाई डिजिटलाइजेशन गरिएको, वार्षिक कार्यक्रम कार्यान्वयनका लागि वडा तहबाटै योजना सम्झौता गर्ने कार्य अघि बढाइएको, नगरपालिकाका योजनाहरु भुक्तानीलाई सरलीकृत गरी विद्युतीय रकम भुक्तानी (इएफटी) सुरु गरिएको, नवप्रवर्तनीय कार्यक्रम एकीकृत डिजिटल व्यास नगरपालिका योजना अन्तरगतको प्रत्येक वडामा डिजिटल नागरिक बडापत्र, सिसि क्यामेरा र बायोमेट्रिक हाजिरिको ठेक्का प्रक्रियया सम्झौता भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।

    भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको सङ्कलित लगतलाई डिजिटलाइजेसन गरि वडा नम्बर १, २, ३ मा निस्सा वितरण गरिएको र बाँकी फाईल डिजिटाइजेन गर्नका लागि आदिकवि भानुभक्त क्याम्पससँग ३० दिनको सम्झौता गरि द्रुत रुपमा सम्पन्न गर्न कार्य अगाडि बढाइएको, व्यास–७ शेषमटार नरङगामा व्यास नगर समता विद्यालयको भदौ ५ देखि सञ्चालनमा ल्याइएको, अति विपन्न, अभिभावकविहिन, शिक्षाको पहुँचमा नरहेका ४३ जना बालबालिकाहरुलाई निशुल्क खाना, आवास समेतको विद्यालयमै व्यवस्था गरिएको, व्यास नगरपालिकाको फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरि सरसफाई केन्द्र स्थापना गर्ने प्रकृया अघि बढाएको, व्यास नगरपालिका वडा नम्बर १० वैरेनी जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोष संग श्रोत साझेदारीका लागि प्रकृया अघि बढाइएको, व्यास नगरपालिका अन्तरगतका योजनाहरुलाई व्यवस्थित गर्न डिजिटलाइजेसन प्रकृया अघि बढाइएको र व्यास नगरपालिकाभित्र नेपाल सरकार शिक्षा विभागबाट काटिएको प्रावि ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वंयमसेवक शिक्षक भर्ना प्रकृया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

    पत्रकार सम्मेलनमा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, विभिन्न वडाका अध्यक्षकाे सहभागिता थियाे ।