दमाैली । जबरजस्ती करणी अभियाेगमा तनहुँ कारागारकाे थुनामा रहेका नायक पल शाह विरुद्ध मङ्गलबार नवलपुर अदालतमा सुनुवाई सकिएकाे छ । भदाै १५ गते पेशी ताेकिई स्थगित भएपछि मङ्गलबारका लागि पेशी रहेकामा आज सुनुवाई सकिएकाे हाे ।
सुनुवाई सकिएपनि फैसला बाहिर आइनसकेकाे नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पाैडेलले खबरपुञ्जलाई जानकारी दिए । ।सुनुवाई सकिएकाे छ, फैसला केहीबेरमा बाहिर आउँछ’ उनले भने ।