


दमौली । तनहुँको ऑबुखैरेनी-४ वेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको मर्चबारी गाउँपालिका-२ बस्ने २२ वर्षीय नरेन्द्रप्रसाद बरुण रहेको प्रहरीले जनाएको छ ।
सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ३७५ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनी लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले निजको साथबाट नुफिन ३१४ एम्पुल, डाईजेपाम ३१५ एम्पुल र फेनरागन ३१५ एम्पुल गरी जम्मा ९४४ एम्पुल बरामद गरेको छ । निज विरुद्ध तनहुँ अदालतबाट मंगलबार ११ दिनको म्याद थप गरिएको छ ।