पौडेलले तनहुँ-१ नछाडे किसानलाई बारा-४ मा उम्मेदवार बनाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पौडेलले तनहुँ-१ नछाडे किसानलाई बारा-४ मा उम्मेदवार बनाउने तयारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने गरी तयारी गरेका छन् । २०७४ को निर्वाचनमा पराजित भएका पौडेल यो पटक पनि निर्वाचनमा उठ्ने तयारी गरेका छन् । त्यसैका लागि पौडेलले पछिल्लो पटक जिल्ला आउजाउलाई बाक्लो बनाएका छन् ।

    यही क्षेत्रमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को पनि दावी छ । उनैले २०७४ को निर्वाचनमा पौडेललाई पराजित गरेका थिए । त्यतिबेला एमालेलेबाट जितेका उनी हाल नेकपा एसको केन्द्रीय सदस्य छन् । जितेका क्षेत्रमा स्वत दावी रहने भएकाले एसले तनहुँ-१ चाहिने बताएको छ ।

    शीर्ष नेताहरुबीच गठबन्धन बैठकमा पनि यो कुरालाई उठाइएको छ । तर पौडेलले नछाड्ने भएपछि श्रेष्ठलाई बारा-४ मा उम्मेदवार बनाउने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको आजको कान्तिपुर दैनिकमा उल्लेख छ।