


दमाैली । व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा बुद्धिकुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्याम्पस नियामावलीमा साधारण सभाबाट निर्वाचित सदस्य १६ जना र क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मध्येबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ । श्रेष्ठ यसअगाडी सञ्चालक समितिको उपाध्यक्ष थिए ।
क्याम्पस सञ्चालक समितिको बैठकले नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई पनि भाग दिएको छ । तीनै पार्टीबाट एक÷एक जना सदस्य मनोनित भएका छन् ।
एमालेबाट ताराराम श्रेष्ठ, माओवादीबाट गोपाल सुर्खाली र नेकपा एसबाट गजेन्द्र पन्थ सदस्यमा मनोनित भएका छन् ।