दमौली । नेपाली कांग्रेस तनहुँले वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको खानेपानीको विषयमा बोलेको अभिव्यक्तिलाई गलत अर्थ लगाएको दावी गरेको छ । आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले पौडेलको अभिव्यक्तिलाई गलत ढंगबाट प्रचार गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तीमा म्याग्देको समग्र विकासमा कांग्रेस र पौडेलले खेलेको भूमिकाको मूल्यांकन गर्न अनुरोध गरिएको छ ।