दमौली । नेपाली कांग्रेसले तनहुँका दुवै संघीय निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । शनिबार राति कांग्रेसले उम्मेदवार टुङ्ग्याएको हो । दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् ।
तनहुँ-१ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारीले टिकट पाएका छन् । प्रदीप पौडेलको पनि दावी रहेको तनहुँ-२ का कारण उम्मेदवार चयनमा ढिलाई भएको थियो। प्रदीप काठमाडौ-५ बाट उम्मेदवार बन्नेछन् ।
पौडेल र भण्डारी २०७४ को निर्वाचनमा पराजित भएका थिए ।