दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले व्यास नगरपालिकाका वडामा घरदैलो गरेका छन् ।
श्रेष्ठले मंगलबार व्यास-३ देउराली नगर, व्यास-१० रानीगाउँ, गैराबारी, व्यास-११ पोल्याङ, दरैपधेरा, घॉसीकुवा लगायतमा घरदैलो गरेका हुन् ।
लायन्स क्लवका पूर्व गभर्नर श्रेष्ठले घरदैलो अभियानले उत्साह थपेको बताए । ‘जनताको समर्थनले चुनाव जितिसकेको अनुभव भएको छ,’ उनले भने ।