नमूना मतदानमा अधिकांश ‘टाठाबाठा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    नमूना मतदानमा अधिकांश ‘टाठाबाठा’

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७९, बुधबार

    दमाैली । सर्वसाधारणलाई मतदान गर्ने प्रक्रिया सिकाउन र बदर मत न्यूनीकरण गर्ने उद्देश्यसहित तनहुँको दमौली खुल्लामैदानमा बुधबार नमूना मतदान आयोजना गरियो । नमूना मतदानको मुख्य उद्देश्य मतदान प्रक्रियाबारे कम जानकारी भएका सर्वसाधारणलाई मतदान गर्ने तरिकाबारे सिकाउनु हो ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चार वटा मतपत्र हुने र त्यसमा सर्वसाधारण अलमलिन सक्ने भएकाले त्यसबारे जानकारी दिन नमूना मतदान गरिएपनि कार्यक्रममा अधिकांश टाठाबाठा मात्रै सहभागी भएका छन् ।

    नमूना मतदान अभ्यास कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख व्यास नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, सदस्य, पत्रकार लगायत सहभागी भएका थिए ।

    नमूना मतदानमा सहभागी व्यास–४ का देवनीधि पन्तले नबुझेका र बूढापाकालाई पनि मतदान गर्ने तरिकाबारे सिकाउनुपर्ने बताए ।

    दमौलीको बजारमा कार्यक्रम गरिएकाले अधिकांश उपस्थिति शिक्षित वर्गको भएको हुन सक्ने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । अन्य स्थानीय तहमा भएका नमूना मतदानमा ग्रामीण भेगका सर्वसाधारणको उपस्थिति बढी पाइएको उनले बताए ।