दमौली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा २४.५८ प्रतिशत मत खसेको छ । दिउँसो १:३० बजेसम्म २४.५८ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा कूल दुई लाख ४८ हजार चार सय ९५ मतदाता छन् । तनहुँमा दुई प्रतिनिधि सभा र चार प्रदेशसभा सदस्यका लागि ५७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जिल्लामा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया चलिरहेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।