गण्डकी ट्रेडका सञ्चालक श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    गण्डकी ट्रेडका सञ्चालक श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । गण्डकी ट्रेड सप्लायर्सका सञ्चालक देवकुमार श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौलीले एघारौ कर दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिरेबापत ट्रेडिङ क्षेत्रबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

    कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले श्रेष्ठलाई सम्मान गरेका हुन्।