प्रधानमन्त्री बनेर देशको उन्नति गर्ने चाहना छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री बनेर देशको उन्नति गर्ने चाहना छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले कार्यकारी प्रमुख भएर देशको उन्नति गर्ने चाहना रहेको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकाले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रमलाई बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री बनेर देश विकास गर्ने चाहना रहेको बताए।

    प्रधानमन्त्री बनेर देशलाई नयाँ ढङ्गबाट अगाडी बढाउने इच्छा रहेको बताउँदै पौडेलले भने, “अहिले नेपालमा देखा परेका सङ्कटलाई हटाउन चाहन्छु । बलियो नेपाल बनाउन चाहन्छु, सुरक्षित नेपाल बनाएर सम्पन्न नेपाली बनाउन चाहन्छु ।” देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारको जालोलाई तोड्ने पौडेलको भनाई थियो ।

    आफूलाई अरु कुनै लोभलालच नरहेको बताउँदै पौडेलले सङ्कटको अवस्थामा आफूले समर्पण गरेको भन्दै भने, “राष्ट्रका लागि आवश्यक परेको बेला मैले भूमिका खेलेको छु, यो पटक म माथि न्याय हुनुपर्छ । त्यसका लागि सबैले बल पु¥याउनुपर्ने बेला आएको छ ।”

    वरिष्ठ नेता पौडेलले जनताको आकाङ्क्षा पूरा गर्न लाग्ने बताउँदै विकास आयोजनका लागि बजेट अभाव नहुने प्रष्ट पारे। केन्द्रबाट बजेट ल्याउने जिम्मा आफूहरुको रहेको बताउँदै उनले भने “कसलाई भोट हाल्दा जिल्लाको विकास हुन्छ त्यसतर्फ जनताले मूल्याङ्कन गर्नुपर्छ । जनतालाई बुझाउने काम कार्यकर्ताको हो ।”

    देवघाटधामको धार्मिक महत्व विशष्टिकृत रहेकाले कालीगण्डकी डाइभर्सन गर्न नदिइने पौडेलले बताए। देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाइने बताउँदै पौडेलले यहाँ पर्यटनबाट समृद्धि सम्भव रहेको बताए।