आन्तरिक मामिलामन्त्री विकद्वारा निर्वु वराह मन्दिर उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आन्तरिक मामिलामन्त्री विकद्वारा निर्वु वराह मन्दिर उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७९, मंगलवार

    दमाैली । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोवाटे विकले धार्मिक पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन्। तनहुँको व्यास नगरपालिका–११ निर्वुस्थित निर्वु वराह मन्दिरको मङ्गलबार उद्घाटन गर्दै मन्त्री विकले धार्मिक पर्यटनलाई आम्दानीसँग जोड्नुपर्ने बताए ।

    यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकले यसको थप विकासका लागि गुरुयोजना बनाउन आवश्यक रहेको चर्चा गरे ।

    नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले निर्वु वराहको धार्मिक महत्वको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगर क्षेत्रभित्रका धार्मिक स्थलको सम्बद्र्धन र प्रचारप्रसारमा नगरपालिकाले सहयोग गर्ने बताए।

    व्यास–११ का वडाध्यक्ष दलबहादुर दुरा, व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले दुई वडालाई धार्मिक पर्यटकीय माध्यमबाट जोडेर काम गर्नुपर्ने बताए।

    सङ्घीय सरकार, प्रदेश सरकार र व्यास नगरपालिकाको साझेदारीमा उक्त मन्दिर निर्माण गरिएको हो । मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीका अनुसार मन्दिर निर्माणका लागि सङ्घीय सरकारले रु सात लाख ५५ हजार, प्रदेश सरकारले रु १५ लाख ७२ हजार र नगरपालिकाले रु छ लाख ९५ हजार सहयोग गरेको छ । त्यस्तै विभिन्न दाताबाट रु ११ लाख ३० हजार सङ्कलन गरिएको उनले बताए ।

    विसं १९४६ सालदेखि पूजाआजा हुँदै आएको यस ठाउँमा पहिला पुरानो मन्दिर रहेको र हाल आकर्षक मन्दिर निर्माण गरिएको संरक्षण समितिका सचिव गुप्तबहादुर गुरुङले जानकारी दिए। प्रचारप्रसारको अभावमा यस ठाउँमा ओझेलमा परेपछि स्थानीयवासी यस ठाउँ उजिल्याउन कस्सिएका छन् ।