दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ १ (१) मा निर्वाचित अशोककुमार श्रेष्ठ मतदातालाई धन्यवाद दिन सहिद गाउँ पुलिमराङ पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित श्रेष्ठ शुक्रबार व्यास-८ पुलिमराङस्थित सहिद गाउँ पुगेका हुन् ।
सो क्रममा श्रेष्ठले सहिदको शालिकमा माल्यार्पण गरेका छन् । सांसद श्रेष्ठले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने बताए । ‘चुनावका बेला बोलेका कुराहरु पूरा गरेरै छाड्छौ,’ उनले भने ।
पुलिमराङस्थित सहिद पार्कमा ६ जना सहिदको शालिक छ । पुलिमराङमा जन्मिएर विभिन्न ठाउँमा सहादत प्राप्त गरेका उनीहरुको शालिक बनाइएको छ ।