रोटर्याक्ट वेदव्यासद्वारा महिला कैदीबन्दीलाई पुस्तकालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्ट वेदव्यासद्वारा महिला कैदीबन्दीलाई पुस्तकालय स्थापना

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७९, शुक्रबार

    दमौली । रोटर्याक्ट क्लव अफ वेदव्यासले तनहुँ कारागारमा महिला कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरेको छ । कारागारमा रहेका महिला कैदीबन्दीलाई अध्ययनमा रुची बढाउन वेदव्यासले पुस्तकालय स्थापना गरेको हो ।

    पुस्तकालयमा कानून, धर्म, उपन्यास, नाटक, कविता आदिसँग सम्बन्धित पुस्तकहरू रहेको क्लवकी अध्यक्ष सुष्मिता रेग्मीले बताइन् । ‘हाम्रो पहलले पक्कै पनि उनीहरूको ज्ञानको उत्थानमा फरक पर्नेछ,’ उनले भने ।

    उक्त पुस्तकालयको महिला उद्यमी सङ्घ तनहुँकी अध्यक्ष निर्मला मल्लले उदघाटन गरिन् ।