तनहुँ क्रिकेट लिग : पेलिकन्स एक विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिग : पेलिकन्स एक विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७९, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ पाटनमा जारी तेस्रो तनहुँ लिग अन्तर्गत आइतबार भएको खेलमा आयोजक पेलिकन्स क्लव विजयी भएको छ । पेलिकन्स क्रिकेट क्लवको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत लियो क्लवलाई आयोजक पेलिकन्सले एक विकेटले पराजित गरेको हो ।

    पहिले व्याटिङ गरेको लियोले आठ विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । जवाफमा पेलिकन्सले चार ओभरमा दुई बल बाँकी रहँदै एक विकेटले खेल जित्यो । अल राउण्ड प्रदर्शनका लागि लियोका विश्व कार्की म्यान अफ दि म्याच घोषित भएकाे आयोजकले जनाएको छ ।

    फाइनल पुग्नका लागि पेलिकन्सले १३.२ ओभरमा खेल जित्नुपर्ने थियो । पेलिकन्सले १५.४ मा उक्त खेल जितेपनि प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतियोगितामा तीन टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सहित दमौली रिभल्स र लियो क्लव अफ तनहुँको सहभागिता छ ।