गण्डकीमा कांग्रेस दलको नेता पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा कांग्रेस दलको नेता पाण्डे

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । बुधबार संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा पाण्डे निर्वाचित भएका हुन् ।

    सभापति शेरबहादुर देउवा पक्षका पाण्डेले १८ मत पाए । उनका निकटम् प्रतिद्वन्द्वी इतर समुहका भोजराज अर्यालले ८ मत पाए । संसदीय दलको नेता छान्ने कांग्रेसको निर्वाचनमा १ मत भने बदर भएको छ ।

    कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकमा ९ गरेर सांसद निर्वाचित भएका छन् । दलको नेतामा ४ जना आकांक्षी थिए । अन्तिम समयमा गोरखा २(ख) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(क)बाट निर्वाचित अर्यालले मात्र मनोनयन दर्ता गराए ।

    गण्डकीमा ठूलो शक्ति बनेको कांग्रेस सत्ता समिकरणमा फेरबदल आएसँगै प्रतिपक्ष बन्ने पक्का भएको छ । मुख्यमन्त्री बन्ने निश्चित देखेर प्रदेश झरेका पाण्डेको हाललाई भने च्याप्टर क्लोज भएको छ ।

    चुनाव अगाडी घरदैलोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाण्डेलाई गण्डकीको भावी मुख्यमन्त्रीको रुपमा चिनाउदै हिँडेका थिए । उनै प्रचण्डले गठबन्धन फेरेसँगै पाण्डेको मुख्यमन्त्री बन्ने सम्भावना टरेको हो ।