क्रिकेटमा प्रगति हासिल गर्दै तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्रिकेटमा प्रगति हासिल गर्दै तनहुँ

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    दमौली । विश्वमाझ लोकप्रिय रहेको क्रिकेट खेलमा तनहुँले प्रगति हासिल गर्न थालेको छ। तनहुँले गत वर्षदेखि क्रिकेटमा प्रगति गर्न थालेको हो ।

    उनीहरुले दुई पटक उपाधि जितेका छन् भने एक पटक उपविजेता भएका छन् । यस वर्षको सुरुदेखि नै उनीहरुले बाग्लुङमा १ लाख रुपैयाँको नगद पुरस्कार जितेका छन् । त्यस्तै प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै तनहुँ भर्खरै सम्पन्न गैडाकोट मेयर कपमा उपविजेता बनेको छ ।

    पछिल्लो ९ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवन क्रिकेट टोलीसँग मात्रै हार बेहोरेको थियो । यसअघि तनहुँले बागलुङलाई दुई पटक, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई पटक, पर्वतलाई एक पटक पराजित गरिसकेको छ ।

    तनहुँ जिल्लामा रहेका खेलाडीहरूले क्रिकेटमा भविष्य देख्न सकून् भनेर ग्रासरुट क्रिकेटको विकासमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताइएको छ ।

    तनहुँका कप्तान चन्द्रकान्त पौडेल भन्छन्, ‘क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।’