दमौली । लियो क्लव अफ तनहुँले तीन महिलालाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर क्लवले बुधबार तीन महिलालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा व्यास-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आले, फुटबल प्रशिक्षक गंगा गुरुङ र हक्की खेलाडी अन्जना चन्द रहेका छन्।
लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल नेपालका चिफ मेम्बरसीप सुरेन्द्र पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।
महिलाको सक्रियतामा सञ्चालित आश्रमले असहाय ज्येष्ठ नागरिकलाई पुर्याएको योगदानको कदर गर्दै आलेलाई सम्मान गरिएको क्लवका अध्यक्ष मोहम्मद गफ्फारले बताए ।
त्यस्तै तनहुँको प्रतिनिधित्व गरी खेल क्षेत्रमा नाम कमाउन सफल गुरुङ र चन्दलाई सम्मान गरिएको हो ।