दमौली । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी भएको छ । स्ववियु निर्वाचन सन्दर्भलाई लिएर विद्यार्थीले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
स्ववियु सभापतिका उम्मेदवार विरुद्ध फर्जी भर्ना गरेको आरोपमा उजुरी दिएपनि सुनुवाई नगरी उनीहरुकै पक्ष लिएको भन्दै तालाबन्दी गरिएको एक विद्यार्थीले बताए ।
विद्यार्थीहरुले आइतबार निर्वाचन प्रबन्ध समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।