दमौली । आगामी वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेलाई जिताउन राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीका प्रदेश सभापति राजन गौतमको अध्यक्षतामा बुधबार बसेको बैठकले ४३ सदस्यीय परिचालन समिति गठन गरेको हो । निर्वाचन क्षेत्र अन्तर्गतका पॉच वटै पालिकामा समिति गठन गरिएको छ।