गण्डकीका मुख्यमन्त्री राजिनामा दिने मनस्थितिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्री राजिनामा दिने मनस्थितिमा

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८०, शनिबार

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी ९ वैशाखमा राजीनामा दिने मनस्थिति बनाएका छन् । माओवादी केन्द्रले गठबन्धन फेरेर कांग्रेससँग गठजोड गरेपछि गण्डकी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको अधिकारी सरकार अल्पमतमा छ ।

    गत १० चैतमा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए । मुख्यमन्त्री अधिकारीले सरकार टिकाइराख्न ३० दिनभित्र संसद्मा विश्वासको मत लिने समयसीमाको आखिरीमा राजीनामा बुझाउने तयारीमा रहेको उनका प्रेस सल्लाहकार सुसन घिमिरले बताए । ‘सम्भवतः उहाँ (मुख्यमन्त्री)ले संसद् अधिवेशनको दिन सम्बोधन गरेर सरकारबाट बाहिरिने मनस्थितिमा हुनुहुुन्छ,’ घिमिरेले भने ।

    ९ वैशाख ३ बजेका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ (१) बमोजिम उनले अधिवेशन आह्वान गरेका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि बहुमत ३१ सिट आवश्यक पर्छ । तर, गण्डकीमा सम्भावना टरेको छ ।

    गत २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीले २९ पुसमा संसद्मा विश्वासको मत पाएका थिए । त्यसबेला उनको पक्षमा ३१ मत परेको थियो । विपक्षीमा २७ मत मात्रै परेको थियो । उनलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गरेका हुन् । स्वतन्त्र लडेर चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) भने उपस्थित भएनन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुँदा चुनावमा सहभागी भएनन् ।

    गण्डकीमा अब कांग्रेस वा माओवादी केन्द्रमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ । कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी हुन्