कांग्रेस तनहुँद्वारा पन्त र दाहाललाई कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँद्वारा पन्त र दाहाललाई कारवाही

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८०, आईतवार

    दमौली । नेपाली कांग्रेस तनहुँले ऑबुखैरेनी सभापति विष्णु पन्त र क्रियाशील सदस्य राजु दाहाललाई कारवाही गरेको छ ।

    कांग्रेसका उम्मेदवार विरुद्ध प्रचारप्रसार गरेको भन्दै कांग्रेस अनुशासन समितिले दुई जनालाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    दुवै जनाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा खुलेका छन् । उनीहरुले यसअघि नै कांग्रेस परित्याग गरेको जानकारी दिइसकेका थिए ।