नेपाललाई तेस्रो सफलता, अर्ध सतक बनाउनबाट चुके विरनदीप सिंह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाललाई तेस्रो सफलता, अर्ध सतक बनाउनबाट चुके विरनदीप सिंह

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    काठमाडाै । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन्।

    ललितले ३७.१ ओभरमा विरनदीप सिंहलाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका हुन्। योसँगै विरनदीप अर्धसकत बनाउनबाट पनि चुकेका छन्। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरेका थिए।

    यसअघि नेपालका लागि पहिलो विकेट गुल्सन झा र दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए।

    प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

    जसमा नेपाल समूह ‘ए’ मा परेको छ।

    नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

    नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा,  तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

    समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ।

    प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

    एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।