आयातित व्यक्तिले चुनाव जिते भविष्य अन्धकार हुन्छ : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    आयातित व्यक्तिले चुनाव जिते भविष्य अन्धकार हुन्छ : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८०, बुधबार

    दमौली । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले आयातित व्यक्तिले चुनाव जिते तनहुँको भविष्य अन्धकार हुने बताएका छन् । व्यास-१ भादगाउँमा बुधबार आयोजित कार्यक्रममा उनले ठाउँ नै नचिनेका व्यक्तिले चुनाव जित्न नहुने बताए ।

    ‘उपनिर्वाचन हाम्रो इज्जतसँग गॉसिएको विषय छ, वैशाख १० गते गोविन्द भट्टराईको जित अनिवार्य छ,’ उनले भने । बारा-४ का सांसद समेत रहेका श्रेष्ठले भट्टराईलाई भारी मतान्तरले जिताउने उदघोष गरे ।

    किसान श्रेष्ठलाई माया गर्ने सबैले यो पटक भट्टराईलाई मत दिन उनले आग्रह गरे ।