दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका वाग्लेको जित सुनिश्चित भएको हो ।
उनले सोमबार राति १०:३० सम्म २६ हजार आठ सय २७ मत प्राप्त गरेका छन् ।
यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको छ।
यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा एमालेका सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गरेका छन् । अब करिब १३ हजार मत गन्न बॉकी छ ।