दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न ठाउँमा मोवाइल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यास नगरपालिका–४, व्यास नगरपालिका–२ बाट मोवाइल चोरी गरेर फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
व्यास नगरपालिका–४ स्थित सैलेन्द्र पण्डितको डेराकोठाबाट गत वैशाख ५ गते मोवाइल तथा नगद चोरी गरी फरार भएका व्यास–५ साँगेका २२ वर्षीय सुनिल थापा पक्राउ परेका छन् । उनलाई बिहीबार भोर्लेटारचोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षका मोहनबहादुर खाँणले जानकारी दिए।
यस्तै व्यास–२ जनजागृतीमार्गस्थित लक्ष्मी श्रेष्ठको घरकोठाबाट दुई थान मोवाइल चोरी गरी फरार रहेका व्यास–४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरव दरै र म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार पक्राउ परेका छन् । उनीहरुलाई पनि आजै दमौलीबाट पक्राउ गरिएको प्रहीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई अदालतबाट एक साताको म्याद थप गरिएको छ ।