मध्यराति बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मध्यराति बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८०, शुक्रबार

    काठमाडौ । बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

    बाजुरा भूकम्पको धक्का अन्य जिल्लामा पनि महसूस गरिएको थियो ।

    यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो ।