वैशाखको अन्तिम मङ्गलबार थानीमाइमा २३ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैशाखको अन्तिम मङ्गलबार थानीमाइमा २३ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार २३ फूलको डोली भित्रिएको छ । मन्दिरमा तनहुँ, लमजुङ, गोरखा र चितवन लगायतबाट आएका भक्तजनले २३ फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    त्यसक्रममा दुई हजार एक सय भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । मन्दिरमा सोमबार राति ५५ जना भक्तजनले जागाराम बसेर बत्ती बालेका थिए ।

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ