रोटर्‍याक्ट दमौलीद्वारा मानसिक स्वास्थ्य जागरूकता प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्‍याक्ट दमौलीद्वारा मानसिक स्वास्थ्य जागरूकता प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले मानसिक स्वास्थ्य जागरूकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले दमौली वरपरका १० वटा सरकारी र निजि विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाको लागी उक्त प्रशिक्षण आयोजना गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

    उक्त प्रशिक्षण कार्यक्रममा कोशिस तनहुँले सहयोग गरेको थियो । कोशिस तनहुँबाट सिता भण्डारी संगै कोशिसका कार्यक्रम संयोजक महेन्द्र आचार्यले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमको प्रमुख अतिथि व्यस नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा प्रमुख न्यौपानेले मानसिक स्वास्थ्य शारीर स्वास्थ्य भन्दा अगाडी भएको हुँदा मानसिक स्वास्थ्यको बढी महत्व रहेको बताए । उंले अगाडी भने ‘कुनै पनि मानिस मानसिक रुपमा सहि हुँदैन उ अन्य कुनैपनि काम गर्न सक्षम हुँदैन ।’

    रोटर्‍याक्ट दमौलीले यसवर्ष विभिन्न सामाजिक संगै अन्य थुप्रै नमुना काम गरेको भन्दै नगरप्रमुख न्यौपानेले प्रशंसा गरेका थिए ।

    यस्तै कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट क्षेत्रीले मानसिक स्वास्थ्य ठिक नभएका व्यक्ति नकारात्मक बाटो तर्फ लाग्ने भएकाले समयमै पहिचान गरी सहि मार्गमा ल्याउन नजिकमा आफन्त वा साथिभाईले सहयोग गर्नुपर्ने बताए ।

    यस्तै व्यास-३ का वडाअध्यक्ष अनुप रानाले मानसिक रोग अहिलेको समयमा ठुलो मात्रामा वृद्धी भईरहेकाले विभिन्न मनोपरामर्श मुलक कार्यक्रम आवश्यक रहेको बताए ।

    कार्यक्रममा दमौलीका विभिन्न विद्यालयका एक सय भन्दा बढी शिक्षक शिक्षिका संगै विद्यार्थीको सहभागिता भएको कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।